खजुराको वृहत तीज प्रतियोगितामा १६ जना भिड्दै

खजुरा । बाँकेको खजुरामा आयोजना गरिने वृहत तीज महोत्सव तथा एकल नृत्य प्रतियोगिताको लागि अडिशन राउण्ड सम्पन्न गरिएको छ ।

न्यू डाँफे स्पोर्ट्स क्लब खजुराको मुख्य आयोजनामा तीजको दिन हुने महोत्सवका लागि गरिएको अडिशनबाट १६ जना प्रतिस्पर्धी फाइनल राउण्डका लागि छनोट भएका हुन् ।

कुल २८ जनाले अडिशन राउण्डमा भाग लिएका थिए । अडिशन राउण्डमा वरिष्ठ कलाकार छवि आले, नृत्य निर्देशक नबराज सुवेदी, डान्सर कलाकार दीपेन्द्र किसी निर्णायकमा हुनुहुन्थ्यो ।

हरितालिका तीजको अवसर पारी हरेक वर्ष हुने तीज महोत्सवलाई निरन्तरता दिँदै यस पटक पनि एकल तीज नृत्य प्रतियोगिता सहितको कार्यक्रम गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक रिना थापा (कसम) ले जानकारी दिनुभयो ।

फाइनलका लागि छनोट भएका प्रतिस्पर्धीले भाद्र १० गते हुने बृहत खजुरा तीज महोत्सव २०८२ मा सहभागी हुने न्यू डाफे स्पोर्ट्स क्लबका सचिव बालाराम खत्रीले जानकारी दिनुभयो ।

भाद्र १० गते हुने बृहत तीज महोत्सव साथै एकल तीज नृत्य प्रतियोगितामा प्रथम, द्धितीय तृतीय र सन्तवना हुने प्रतिस्पर्धीहरूले आकर्षक पुरस्कारसहित नगद रकम पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने प्रतियोगीले नगद ५० हजार, वृद्धि हुनेले ३० हजार, तृतीयहुनेले १५ हजार र सान्तवना हुने प्रतियोगीले ५१ सय नगदसहित पुरस्कृत हुनेछन् ।

प्रतियोगिताको लागि आवश्यक सबै पुरस्कार समाजसेवी लिल बहादुर थापाले सौजन्य गर्नुभएको छ । तीज महोत्सवमा विभिन्न विद्यालय, क्लबहरुको सामूहिक नृत्य प्रस्तुति रहने क्लबका प्रेस सल्लाहकार खगेन्द्र दाहालले बताउनुभयो ।

महोत्सव सम्पन्न गर्न स्थानीय निकाय, संस्था, क्लब लगायत सँगको सहकार्य रहेको आर्थिक संयोजक दान बहादुर गुरुङले जानकारी दिनुभयो ।

Previous articleकैलाली कारागारमा एक थुनुवाको मृत्यु
Next articleजानकीमा बेलभार स्वास्थ्य चौकी उत्कृष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here