भूमि विधेयकबिरूद्व जसपा नेपाल बाँकेद्वारा बेतहनीमा प्रदर्शन

नेपालगन्ज । भूमि विधेयकबिरूद्व जनता समाजवादी पार्टी, नेपाल देशव्यापी बिराेधका कार्यक्रम संचालन गरिरहेकाे छ ।

देशव्यापी कार्यक्रम बनाउन केन्द्रीय परिपत्र अनुसार जिल्लास्तरका पार्टीले पनि दैनिक बिराेधका कार्यक्रमहरू गर्दै आएका छन् । साेही अन्तर्गत जसपा नेपाल बाँकेले पनि बिराेधका कार्यक्रम गरिरहेकाे छ ।

विधेयकबिरूद्व नेपालगन्जकाे त्रिभुवन चाेक, बीपी चाेकमा प्रदर्शन तथा सभा गरेकाे जसपा नेपाल बाँकेले शुक्रबार डुडुवा गाउँपालिका वडा नम्बर २ काे बेतहनी चाेकमा बिराेध प्रदर्शन गरेकाे छ ।

कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, पार्टीका लुम्बिनी प्रदेश मुख्य सचिव राजन राना मगर, जिल्ला अध्यक्ष काैशल कुमार धाेवीलगायतले सम्बाेधन गर्नुभएको थियाे ।

जसपा नेपालले भूमिसम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको, भू-माफिया, जग्गा दलालको हित हुने र यसबाट वनजंगल विनाश भइ तराई-मधेश मरुभूमिकरण हुने भएकाले सुरुदेखि नै यसको विपक्षमा रहेको जिल्ला सचिव सूर्यलाल यादवले बताउनुभयाे ।

Previous articleभैरहवाका नापी अधिकृतविरुद्ध पौने छ करोडको भ्रष्टाचार मुद्दा
Next articleगुणस्तरीय सिलाई सेवा प्रदान्न गर्न नेपालगन्ज खुल्याे युनिक टेलर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here