गुणस्तरीय सिलाई सेवा प्रदान्न गर्न नेपालगन्ज खुल्याे युनिक टेलर

नेपालगन्ज । नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने उदेश्यले एस.के. युनिक टेलर सञ्चालनमा आएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ डिएसपी रोडस्थित जोया पार्टी प्यालेस नजिकै टेलरिङ्ग सेवालाई आधुनिक स्तरमा लैजाने उदेश्य सहित “एस.के. युनिक टेलर” सञ्चालनमा आएको हो ।

टेलरका सञ्चालक २५ वर्षीय शिवकुमार राजपूतले आधुनिक अनि शहरमा उत्कृष्ट सेवा प्रदान गर्ने उदेश्यले टेलर सञ्चालनमा ल्याउनुभएकाे हाे ।

यतिबेला युवा पुस्ता बिदेशको मोह बोकेर बैदेशिक रोजगारीमा हिडिरहेका बेला राजपूतले भने देशमै स्वरोजगार बन्ने उदेश्य सहित टेलर संचालन गरेको बताउनुभयाे ।

लामो समयदेखि विभिन्न सिलाइ पसलमा काम गर्दै अनुभव संगाल्नुभएका राजपूतले अब आफ्नै टेलरमार्फत सेवा दिन थालेको र गुणस्तरीय र आधुनिक सिलाइ सुबिधा प्रदान गर्ने राजपूतले बताउनुभयाे ।

“हामी कहाँ लेडिज र जेन्स दुवै प्रकारका कपडामा नवीनतम डिजाइनसहित सिलाई गर्ने सुविधा उपलब्ध छ ।,” राजपूतले भन्नुभयाे ।

उहाँका अनुसार ग्राहकको आवश्यकता अनुसार डिजाइन, आधुनिक फेसन ट्रेन्ड, उत्कृष्ट र गुणस्तरीय सेवा उपलब्ध गराइनेछ।

Previous articleभूमि विधेयकबिरूद्व जसपा नेपाल बाँकेद्वारा बेतहनीमा प्रदर्शन
Next articleबाँकेमा चोरीका घट्ना दिन प्रतिदिन बढ्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here