आज मोहम्मद डे मनाइँदै

नेपालगन्ज । नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १५०० औं जन्मोत्सव आज मनाइँदै छ । मोहम्मदको जन्म दिनलाई संसारभरमा मुस्लिम धर्मावलम्बीहरुले मोहम्मद–डेको रुपमा मनाउने गर्दछन् ।

यस दिन मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, मोहम्मदको उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ ।

अरब देशको मक्का शहरमा बनु हाशिम खानदानमा हजरत अब्दुल मुत्तलिबको घरमा बुवा हजरत अब्दुल्लाह र आमा हजरत अमिना रदिउल्लाह ताला अन्हुमाको कोखबाट २२ अप्रिल ५७१ ई.वि मा हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लमको जन्म भएको हो ।

अरेबिक महिनाको रबिउल अब्बलको १२ तारिख सोमवारका दिन विहान सूर्य उदाउनु पूर्व हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लमको जन्म भएको थियो ।

Previous articleजिल्ला अदालत बाँकेका सुब्बा घुससहित पक्राउ
Next articleभारत र चीनलाई लिपुलेकबाट हट्न एमालेको आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here