
नेपालगञ्ज । यही पुष २७ गते जनता समाजवादी पार्टी नेपालले नेपालगञ्जमा गर्न लागेको बिरोध सभाको तयारी तीब्र बनाएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमका बिरुद्व जसपाले नेपालगञ्जको त्रिभुवन चोकमा आयोजना गर्न लागेको बिरोध सभाको तयारीलाई तीब्रता दिएको छ । सभालाई भब्य बनाउनका लागि गर्नुपर्ने कार्यहरुलाई तीब्र बनाइएको जसपाका युवा नेता एव प्रचार प्रसार संयोजक राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।
बिरोध सभामा धेरैभन्दा धेरै व्यक्तिहरुको सहभागिताका लागि जिल्लादेखि सदरमुकाम र ग्रामीण क्षेत्रसम्म समन्वय सहकार्यका कार्यहरुलाई जोडतोड गरिएको छ ।
२७ गतेको बिरोध सभालाई जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राई, पूर्व शहरी बिकास मन्त्री तथा जसपाका केन्द्रिय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राई, पुर्व मन्त्री एंव जसपा केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्र राय यादव र अमृता अग्रहरी लगायतले सम्बोधन गर्ने प्रचार प्रसार समितिले जनाएको छ ।





