भेरीको स्वास्थ्यजन्य फोहर अब सहजै व्यवस्थापन गर्न सकिने

भेरी अस्पतालका मेसु डा.थापाले सामाग्रीको विवरण लिँदै

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जबाट निस्कने फोहर अब सहज तरिकाले व्यवस्थापन हुने भएको छ । स्वास्थ्यजन्य फोहर व्यवस्थापन गर्न समस्या भएकाले अहिलेसम्म भेरीको फोहोर व्यवस्थित हुन सकेको थिएन ।

फोहर व्यवस्थापनका लागि अटो क्लेभको व्यवस्था भएकाले अब भेरी अस्पतालको स्वास्थ्यजन्य फोहर सहजै व्यवस्थित हुने भएको हो । त्यसका लागि जि आई जेडले अस्पताललाई दुई थान अटो क्लेभ सहयोग प्रदान गरेको छ । दुई सय २७ लिटर र सय लिटर गरी दुई थरिको क्लेभ बुधबार अस्पतालका मेसु डा.प्रकाश थापालाई हस्तान्तरण गरिएको छ । यसका साथै संस्थाले एक वटा कम्प्रेसर समेत उपलब्ध गराएको छ ।

२९ लाख बराबरको उक्त सामाग्री सहयोग भएको अस्पतालका वातावरण इन्जिनियर दिपेन्द्र उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदान गरिएको सामानले अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहर व्यवस्थापन गर्ने कामलाई सहज बनाउने छ । अटो क्लेभको सहायताले सिरिन्ज लगायतका फोहरलाई सहजै निर्मलीकरण गर्नेछ ।

भेरी अस्पतालमा उत्पादन हुने फोहर व्यवस्थापन हुन नसक्दा पटक पटक अस्पताल नै दुर्गन्धित भएको जनगुनासो आइरहेको छ भने अब उक्त फोहर व्यवस्थापनमा सहजता ल्याउनेछ ।

Previous articleमालपोतमा प्रजिअ कुरुम्वाङको छड्के अनुगमन, बिचौलिया प्रबेशमा रोक
Next article२७ गते हुने बिरोध सभाको तयारीमा जुट्यो जसपा बाँके

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here