पत्रकार महासंघ बाँकेको वेबसाइट सार्वजनिक

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले कार्यालयको वेबसाइट सार्वजनिक गरेको छ । कार्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरेर शाखाले शुभकामना आदान प्रदानको अवसरमा वेबसाइट सार्वजनिक गरेको हो ।

वेबसाइटलाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले शुभारम्भ गर्नुभएको थियो । सो क्रममा उहाँले बाँके शाखाले लुम्बिनी प्रदेशमै अग्रणी शाखाका रुपमा कार्यहरु गरिरहेको उल्लेख गर्नुभएको थियो । साथै उहाँले प्रदेशमै बाँके शाखा आफ्नो वेबसाइट निर्माण गर्ने पहिलो रहेको बताउनुभयो ।

महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्षद्वय प्रेम के सी, निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृती ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डागी, समाजवादी पत्रकार संघ बाँके अध्यक्ष लोकनाथ शर्मा, प्रेस सेन्टर बाँकेका सहसचिव सन्तोष बिष्ट, डब्लु डब्लु जे बाँकेका उपाध्यक्ष बिमला चौधरीलगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

Previous articleकाँग्रेस बाँके ३ को तीन निर्णय: सांघातिक आक्रमणको निन्दा
Next articleतालाबन्दीका कारण डुडुवामा दुई सातादेखि सेवा प्रभावित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here