
नेपालगन्ज । डिजिटल युगको विकाश भएसँगै पछिल्लो समय प्रत्येक क्षेत्रमा सहज भएको छ भने चुनौती पनि थपिएको छ । तर कतिपय प्रतिभाहरु यस्तो पनि छन जसले गीत संगीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका छन ।
सोही क्रममा बिगत एक दशकदेखि गीत संगीतमा आफ्नो पहिचान बनाएका पर्साको बिरगन्जमा जन्मिनुभएका बिज्ञान स्याङ्गबोको ‘यो नयन’ बोलको गीत सार्बजनिक भएको छ । गीतमा बिज्ञान स्याङ्गबा र अस्मिता अधिकारीको आवाज रहेको छ भने बिज्ञान स्याङ्गबाको नै शब्द संगीत रहेको छ ।
गीतको संगीत संयोजन एरेन्ज र मिक्स माष्टरिङ्ग बाबु प्रधानको रहेको छ । बिज्ञानले आफ्नो आवाजमा हालसम्म १० वटा गीत सार्बजनिक गरिसक्नुभएको छ भने १५० भन्दा बढी गीतहरुको शब्द भरिसक्नुभएको छ । निर्मल कुमार लामाको निर्देशन रहेको गीतमा आकाश श्रेष्ठ र अन्जु तामाङ्गको अभिनय रहेको छ ।
अन्जु तामाङ्गको यो पहिलो डेब्यु म्युजिक भिडियो हो । सुन्दरताले भरिएकी राम्री अन्जु हाल स्नातक तेस्रो बर्षमा अध्ययनरत हुनुहुन्छ । भक्तपुर घर भएको उहाँलाई गीत संगीतको क्षेत्रमा सानैदेखि एकमदै चाहाना रहेको बताउनुभयो । उहाँले यस गीतको म्युजिक भिडियोमार्फत अभिनयमा राम्रो भविष्य रहेको देखाईसक्नुभएको पनि छ ।
गीतमा छायाकंन पवन शुस्लीङ्ग, मेकअप शुवास तिमिल्सिना र भिडियो सम्पादन तथा कलर पनि पवन शुस्लीङ्गले गर्नुभएको छ । गीतलाई बिज्ञान स्याङ्गबोको अफिसियल युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो ।





