
नेपालगन्ज । बाँकेको नेपालगन्जमा ट्यांकरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । जमुनाहाबाट नेपालगन्जतर्फ आउँदै गरेको ट्यांकरले तरकारी बेच्न हिँडिरहेका एक युवकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख नन्द पोखरेलका अनुसार करिब साढे पाँच बजे साँझ जमुनाहाबाट नेपालगन्जतर्फ आउँदै गरेको ना ५ खा ६५९ नम्बरको तेल बोकेको ट्यांकरले चौलिक्का नजिक साइकल यात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट ती युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हालसम्म मृतकको नाम र ठेगाना खुल्न सकेको छैन । घटनापछि ट्यांकर र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय राखिएको छ ।





