सहायताका लागी सहयोगी हातहरूकाे दाेस्राे वार्षिक साधारणसभा सम्पन्न

खजुरा । सहायताका लागी सहयोगी हातहरू खजुरा ४ बाँकेकाे शनिबार दाेस्राे वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

खजुरामै एक समाराेहकाे आयाेजना गर्दै सहयाेगी हातहरूकाे साधारणसभा गरिएको हाे । कार्यक्रममा खजुरा गाउँपालिका उपप्रमुख मञ्जु मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे ।

कार्यक्रममा प्रखर परोपकार मिशन नेपालका अध्यक्ष महेन्द्र मल्ल, नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखा सभापति जीवनाथ सापकोटा, शिक्षाविद् माधव शर्मा, श्रवणधिर के सीलगायत संस्थाका आजीवन सदस्य र साधारण सदस्यको उपस्थिती रहेको थियो ।

संस्थाका अध्यक्ष पुष्पा सुनारको अध्यक्षतामा भएको सभालाई सचिव विकाश हरि कोइरालाले संचालन गर्नुभएको थियो । उपाध्यक्ष सियाराम पथिकले स्वागत मन्तव्य राख्नुभएको थियो भने कोषादक्ष तुलाराम गिरीले आर्थिक प्रतिवेदन र सचिवले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

Previous articleयुवा क्लबका पदाधिकारीलाई क्षमता अभिवृद्धि तालिम
Next articleडब्लुडब्लुजेको १८ औं वार्षिकोत्सव : तीन जना सम्मानित, १०बुँदे घाेषणापत्र जारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here