
नेपालगन्ज । युवा क्लबका पदाधिकारीहरूको संस्थागत तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ नगर स्तरीय युवा क्लब सञ्जाल र वडा स्तरीय युवा क्लब सञ्जालका पदाधिकारीहरूका लागि संचालन गरिएको एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
युवा पदाधिकारीहरूको सीप र ज्ञानलाई अझ मजबुत बनाई उनीहरूलाई परियोजना व्यवस्थापन र टिम समन्वयमा सशक्त बनाउन तालिम आयोजना गरिएको थियाे ।
तालिममा सहभागीहरूलाई प्रभावकारी रूपमा समूहलाई संगठित गर्ने र लक्ष्यतर्फ परिचालन गर्ने व्यवहारिक तरिकाहरू, बैठकका निर्णयहरूलाई स्पष्ट, संक्षिप्त र आधिकारिक रूपमा अभिलेखन गर्ने विधिहररू, परियोजना वा कार्यक्रमका लागि आकर्षक र बलियो प्रस्तावना तयार पार्ने आवश्यक कौशल, स्रोतहरूको कुशल व्यवस्थापनका लागि बजेट बनाउने प्रक्रिया र त्यसका चरणहरूका बारेमा जानकारी प्रदान गरिएको थियाे ।
तालिमले युवा क्लब सञ्जालका पदाधिकारीहरूलाई संस्थागत विकास र परियोजना व्यवस्थापनमा थप सशक्त बनाएको आयोजकले जनाएको छ ।
तालिममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१, २२, २, १२, ८ र नगर स्तरीय युवा क्लब सञ्जालको गरि जम्मा ३२ जना पदाधिकारीको सहभागिता रहेको थियो । तालिमलाई सामाजिक विकास मञ्च (एसडिएफ) का वरिष्ठ कार्यक्रम अधिकृत बृजेश ठाकुर, अनुगमन तथा मुल्यांकन अधिकृत शान्त चौधरी र सुपरभाइजर सुमित्रा चाैधरीले सहजीकरण गर्नुुभएकाे थियाे ।
सेभ द चिल्ड्रेनसंगको साझेदारी, नेपालगन्ज उपमहानगरपालिकासंगकाे समन्वयमा एसडिएफले आयोजना गरेको थियाे ।






