डुडुवाकाे उर्ष (कम्मर शाह) मेलामा दर्जनौं चाेरी

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाकाे कम्दीमा लागेकाे  (उर्ष) हजरत बाबा कम्मर शाह मेलामा चाेरी भएकाे घट्ना सार्वजनिक भएकाे छ ।

मेलामा नेपाल प्रहरीकाे रहेकाे गस्तीसमेतलाई चुनाैती दिँदै दर्जनौं व्यक्तिको सामान चाेरी भएकाे हाे । डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीमा लाग्ने मेला हेर्न पुगेका दर्जनौं दर्शालुहरूकाे माेबाईल फाेन दिउँसै चाेरी भएकाे पिडितले बताएका छन् ।

मेलामा प्रत्येक दिन चाेरी भएका छन् । मेला व्यवस्थापन समिति र प्रहरीले चाेरी भएकाे घट्नामा चासो नंदिदा दैनिक चाेरीका घट्ना घटेका छन् । मेला हेर्न पुग्नुभएकी मिलन चाेकमा पसल चलाउँदै आउनुभएकी मनिषा चाैधरीकाे मंसिर २६ गते माेबाईल फाेन हरायाे ।

यस्तै मंसिर २५ गते मेला हेर्न पुग्नुभएकी कम्दीकै गाेमती बुढाथोकीकाे पनि माेबाईल चाेरी भयाे । मंसिर २७ गते दिउँसाे मिलन चाेकनै बस्ने कृष्णा गुरूङकाे पनि माेबाईल हरायो । मेला हेर्न गएकाे बेला पकेटबाट माेबाईल हराएको उहाँले बताउनुभयाे ।

यसैगरी मंसिर २५ गते भारतबाट मेला हेर्न पुगेका एक जना भारतीय नम्बरको माेटरसाइकलसमेत पार्किङ स्थलबाट चाेरी भएकाे छ । मेलामा चाेरी भएकाे यी केही उदाहरणीय घट्ना हुन् । यसपटकको मेलामा धेरैकाे माेबाईल लगायत सामान चाेरी भएका छन् ।

मेलालाई व्यवस्थित बनाउन वडा नम्बर ४ का वडाअध्यक्ष सगिर खाँकाे अध्यक्षतामा व्यवस्थापन समितिलगाायत विभित्र उपसमिति बनाईएपनि ती सबै समितिले याे पटक यस्ता घट्ना हुन नदिन सक्रियता नदेखाएकाले चाेरी भएकाे स्थानीय बताउँछन् । यही मंसिर २३, २४, २५, २६ र २७ गते मेला संचालन भएकाे थियाे । यहाँ मेला हेर्न भारतीय क्षेत्रका दर्शालुसमेत आउने गरेका छन् ।

Previous articleजेनेटिक परीक्षणलाई चिकित्सकीय अभ्यासमा समाहित गर्न विशेष कार्यक्रम
Next articleचौथो जिल्लास्तरीय प्याब्सन नृत्य प्रतियोगिताको उपाधि युनाइटेडलाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here