टिप्परको ठक्करबाट महिलाको मृत्यु

सुर्खेत । टिप्परको ठक्करबाट छिन्चुमा एक जना महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाईकलाई सोही दिशातर्फ जाँदै गरेको टिप्परले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले छिन्चुतर्फ जाँदै गरेको भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिन्चु बजारको पेट्रोल पम्प अगाडी ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी वीरेन्द्रनगर–११ का २३ वर्षीय ताराकुमारी आलेलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटरसाईकल शुभकालिका गाउँपालिका कालिकोटका चालक २६ वर्षीय दुर्गा शाही घाइते हुनुभएको छ । टिप्पर र चालकलाई ईलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएको छ ।

Previous articleनेपालगञ्जलाई पूर्ण खोपयुक्त नगर घोषणाको तयारी
Next articleअदालतको मर्यादा !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here