
बिष्णुु पाेखरेल, नेपालगन्ज । पुर्वप्रधानान्यायाधीशहरुले हालको संविधानमा संसद विघटन गर्ने प्रावधान छैन, विघटन गर्न मिल्दैन भन्देछन! भन्देका मात्रै भानि मिडियामा तोडमोड गरेर आयो भन्थे होलान, बड्डाहरुले विज्ञप्ति नै हान्देछन !
यसो भन्दा, विज्ञप्ति निकाल्दा अदालतमा बिचाराधीन मुद्दामा बोल्न नहुने भन्ने मर्यादा भुसुक्कै बिर्से, भङ्ग हुने भैगयो अब जे गर्छ सर्बोच्चले गर्छ, अरुले बोल्न मिल्दैन भन्ने भनाइ छ । भनाई छ तर व्यवहारमा भनी रहने चलन पनि छ । अथवा मर्यादाको लगौटी सबैले थुतिरहेको देखिन्छ ।
मुलुकका प्रधानमन्त्री, मन्त्री, सत्तारूढ दलका अध्यक्ष, महासचिव, अरु महानेता आफै भन्दै हुनुहुन्छ चुनाव अनिवार्य हुन्छ, कसैले रोक्न सक्दैन, विघटित सदन कुनै हालतमा फिर्ता हुदैन। प्रतिपक्षी भन्छन, प्रतिनिधिसभा फिर्ता हुन्छ, सत्तारुढ बाहेक अरुसबै त्यही भन्छन, सत्तारुढ दलका नेता चुनाव हुन्छ भन्छन । संविधानसभा सदस्य, विघटित प्रतिनिधि सभा सदस्य, वरिष्ठ वकिलहरु, देश खाएका बुद्धिजीवीहरु, आम जनता सबैले पुनस्र्थापना हुन्छ भन्छन।
यति सबैले अदालतमा बिचाराधीन मुद्दामा सडक देखि अड्डासम्म माईक लगाएर भन्दा अदालतको मर्यादा ननाघ्ने, पुर्व न्यायाधीशले भन्दा मात्रै नाघ्ने भन्दा बिचारहरुलाई अन्या हुदैन ? वाक स्वतन्त्रता गुमेन ?
बेस्सरी जाडो भएपछि स्याल कराउँछ रे, एउटा कराएपछि सबै स्याललाई छट्पटी लाग्छ रे अनि सबै कराउछन रे । अनि जङ्गलै कोलाहल गर्छन रे।
प्राकृतिक गुण त सबै कुर्सी भाच्नेको पनि उस्तै उस्तै हुन्छ, स्याल जस्तै, बाँदर जस्तै । जनता हो र ? तित्रो जस्तो हुने, भेँडो जस्तो हुने, गधा जस्तो हुने !
भिडभाडमा पुर्व न्यायाधीश बड्डाहरुले पनि भन्देछन, अबअरु पुर्वहरु सबैले भन्छन, अगतिलो काम गरेपछि विज्ञप्ति नै हान्दिन्छन, आफैले नेतृत्व गरेको अड्डाको मर्यादा बिर्सिन्छन। मर्यादामा रहन त मर्यादित सरकारदेखि सभ्य समाजसम्म बनाउनु पर्ने हो, मर्यादा सिक्न सिकाउन पालन गर्न पर्ने हो । यसो गर्न सधै हच्कने, चुक्ने, लगौटी खुस्केपछि होस गर्ने बानी भएकालाई के भन्ने !
हुँदाछदाको बगैंचा भाँचभुच पारेपछि कता सुरेली खेलु भन्ने बाँदरको चाल भयो, यिनैले भत्काए, यिनैलाई घाँडो भाछ प्रतिनिधि सभा!





