पत्रकार ढकाललाई प्याब्सन पत्रकारिता पुरस्कार

नेपालगन्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँकेको ३५ औं ‘प्याब्सन डे’ मा पत्रकार प्रियास्मृति ढकाल सम्मानित हुनुभएको छ ।

सञ्चारकर्ममार्फत निजी तथा आवासीय विद्यालयहरुको उन्नयनमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै पत्रकारिता विधातर्फ १० हजार नगदसहित ढकाल प्याब्सन पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्ट, प्याब्सन बाँकेका अध्यक्ष बज्राचार्य लगायतका अतिथिहरुले पत्रकार ढकाललाई दोसल्ला, कदरपत्र र नगदसहित सम्मान गर्नुभएको थियो ।

प्रत्येक विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थी तथा विभिन्न क्षेत्रका ब्यक्तित्वलाई सम्मान गर्दै आएकोमा यो वर्षदेखि पत्रकारिता क्षेत्रबाट पनि सम्मान गर्न सुरु गरिएको हो । यो बर्षदेखि १२ वटा विधामा सम्मान गरिएको हो ।

यस्तै कला संस्कृति संरक्षणमा योगदान दिए वापत सुन्दर गुरुङ, मानव वेचविखन विरुद्धको अभियानमा सक्रिय केशव कोइराला, लागुपदार्थ दुव्र्यसनविरुद्धको अभियानमा सक्रिय अभिराज क्षेत्री, बैजनाथको शिक्षा क्षेत्रमा पु¥याएको योगदान वापत शान्ति शाह, कोहलपुरको शिक्षा क्षेत्रमा पु¥याएको योगदान वापत नारायण प्रसाद सिग्देल, खजुरा क्षेत्रमा पु¥याएकोे योगदान वापत चिनियाराम आचार्य, बाँकेको शैक्षिक क्षेत्रमा पु¥याएको योगदान वापत बलराम यादव, खेलाडी विधाबाट दुर्गा थापा सम्मानित हुनुभएको हो ।

Previous articleस्वास्थ्यतर्फ डुडुवा सर्वोत्कृष्ट
Next articleबाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता दिइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here