
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीमा रहेको राप्ती तटीय वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लिको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारी निर्माण भएको भवनस्थलमा औपचारिक कार्यक्रम गर्दै १७ औं वार्षिक साधारण सभा गरिएको हो भने सोही अवसरमा नवनिर्मित भवनको समेत उद्घाटन गरिएको छ ।
साधारणसभाका प्रमुख अतिथि डुडुवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष झंक बहादुर थापाले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो । सो क्रममा बोल्दै वडाअध्यक्ष थापाले सहकारीले समुदायमा राम्रो गरिरहेको बताउनुभयो । उहाँले सहकारीहरु धेरै भएको हुनाले सामाजहितमा लाग्ने सहकारीले फड्को मार्न सक्ने धारणा राख्नुभएको थियो ।
सहकारीका अध्यक्ष खिम ब.बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ५ का सदस्य वडा सदस्य काशी राम यादव, सहकारीका पूर्व अध्यक्ष कर्ण ब.बि.क लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियोे ।
साधारण सभामा भागीराम बोहरा सहकारीको लेखा परिक्षण तथा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १ हजार ३ सय ९५ जना शेयर सदस्य रहेको सहकारीले गत आर्थिक वर्षमा १२ लाख ८२ हजार २ सय ८० रुपैया ७५ पैसा शुद्व नाफा कमाएको छ । साधारण सभालाई स्थानीय समाजसेवी एव नेता बेल बहादुर बोहराले संचालन गर्नुभएको थियो ।
सहकारीमा कम्दी क्षेत्रका साथै साविक फत्तेपुर, विनौना गा.वि.स.हरु र साविकको डुडुवा गाउँ पालिकाका ४ तथा ५ नं. वडा, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५, ६ र ७ नं. वडाका साथै साविकको बसुदेवपुर तथा मनिकापुर गा.वि.स. हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ बसुदेवपुर र मनिकापुर वडा नम्बर २० मा सदस्यहरु रहेका छन् ।






