
नेपालगन्ज । सहयात्री नेपालले आफ्नो स्थापना दिवसको अवसरमा नेपालगन्जमा रक्तदान कार्यक्रम गरेको छ । सोमबार आयोजना गरेको कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् ।
बाँकेमा रगतको अभावलाई थोरै भएपनि राहत होस भन्नका लागि सोमबार रक्तदान कार्यक्रम गरिएको सहयात्री नेपालकी सचिव अन्जना चतुरबेदीले जानकारी दिनुभयो ।
भेरी अस्पताल परिसरमा रहेको नेपाल रक्तसंचार सेवा केन्द्रमा आयोजना गरिएको कार्यक्रममा यस यहाँका युवा तथा सामाजिक अभियान्ताहरुले रक्तदान गरेका हुन् ।





