
नेपालगन्ज । बाँकेको पत्रकारितामा सक्रिय पत्रकार पवन जायसवाललाई पितृशोक परेको छ । जायसवालको पूजनीय बुवा श्रीराम जायसवालको ८५ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ सुर्जिगाउँस्थित जायसवालको आफ्नै घरमा बुवाको निधन भएको हो । मृतक श्रीरामको बुधबार दिउँसो सनातन परम्परा अनुसार सुर्जिगाउँ नजिकै खेतमा अन्तिम दाह संस्कार गरिएको छ ।
शतक रक्तदातासमेत रहनुभएका र समाजिक कार्यमा सक्रिय पत्रकार पवनका बुवा बढ्दो उमेरसँगै स्वास्थ्य समस्याले ग्रासित हुनुहुन्थ्यो । मृतक श्रीरामका तीन छोरा र दुई छोरी छन भने पवन जेठा हुनुहुन्छ । यसैबीच बाँकेका विभिन्न संगठनले पत्रकार पवनको पूजनीय बुवाको निधनप्रति शोक व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियन बाँके, अवधी पत्रकार संघलगायतले एक विज्ञप्ती जारी गर्दै स्वर्गीय बुवा श्रीरामको आत्माको चीरशान्तिको कामना गर्दै समवेदना प्रकट गरेका छन् भने यस दुःखत खडीमा सोकसन्तप्त परिवारजनलाई ईश्वरले शक्ति प्रदान गरोस् भन्ने कामना गरेका छन् ।





