नेपालगन्जमा पश्चिम नेपालकै ठूलो फुटसल प्रतियोगिता हुँदै

नेपालगन्ज । पश्चिम नेपालको सबैभन्दा ठूलो र प्रतिक्षित फुटसल प्रतियोगिता (गोलफेस्ट–२०२६) यही माघ ९ र १० गते नेपालगन्जमा हुने भएको छ ।

इश्वरी युनाइटेड प्रालिले सो प्रतियोगिता संचालन गर्न लागेको जनाएको छ । प्रतियोगिता नेपालगन्जस्थित बागेश्वरी फुटसल एण्ड स्पोट्र्स हब हुनेछ ।

(गोलफेस्ट–२०२६) ले नेपालगन्ज तथा आसपासका जिल्लाहरूबाट उत्कृष्ट फुटसल टोलीहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ । खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै स्वस्थ प्रतिस्पर्धा र खेलकुद संस्कृतिको प्रवद्र्धन गर्न प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य रहेको प्रालिका अध्यक्ष सौगात बिक्रम शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार (गोलफेस्ट–२०२६) केवल एक प्रतियोगिता मात्र नभएर पश्चिम नेपालमा फुटबल संस्कृतिको उत्सव हो । युवालाई खेलकुदतर्फ आकर्षित गर्दै व्यावसायिक फुटसल वातावरण निर्माण गर्नुका साथै बाँके जिल्लालाई खेलकुदको एक गन्तव्यको रूपमा स्थापित गर्नु लक्ष्य रहेको छ ।

प्रतियोगिताका खेलहरू व्यावसायिक मापदण्डअनुसार सञ्चालन गरिनेछ । प्रतियोगिताको बिजेता टिमलाई ७५ हजार नगद, ट्रफी तथा पदक प्रदान गरिने आयोजकले जनाएको छ । साथै दर्शकहरूको लागि मनोरञ्जनात्मक गतिविधि, खानाका स्टल र अन्य गतिबिधि पनि रहने जनाइएको छ ।

प्रतियोगितालाई अझ आकर्षण, व्यवस्थित र विश्वसनीय बनाउने कार्यक्रम संयोजक रोशन महतराले बताउनुभयो । संयोजकका अनुसार प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया सुरु भइसकेको छ । इच्छुक टोलीहरूले बागेश्वरी फुटसल एण्ड स्पोट्र्स हब तथा मान्भी स्पोट्र्स हाउस (क्यू एफ एक्सभित्र) बाट दर्ता फाराम प्राप्त गर्न सक्ने जनाएको छ ।

Previous articleदेशभर सात लाखबढी बालबालिका विद्यालयबाहिर
Next articleनिर्वाचन आचारसंहिता, २०८२ लागू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here