निर्वाचन आचारसंहिता, २०८२ लागू

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू भएको छ ।

निर्वाचन आयोगको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो ।

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागू गरेको उहाँले बताउनुभयो ।

आचारसंहिताबारे आइतबारै आयोगका पदाधिकारीहरुले मन्त्रिपरिषद्का सदस्य र उच्चपदस्थ सरकारी कर्मचारीलाई जानकारी गराउने कार्यक्रम छ ।

Previous articleनेपालगन्जमा पश्चिम नेपालकै ठूलो फुटसल प्रतियोगिता हुँदै
Next articleबाँके क्षेत्र नं.२ बाट इस्तियाक राई लड्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here