
नेपालगन्ज । प्रतिनिधि सभा सदस्यकाे निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट पूर्व मन्त्री इस्तियाक राई लड्ने तय भएकाे छ ।
राईलाई नेकपा एमालेले बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएकाे छ । एमाले केन्द्रीय कमिटीले आईतबार निर्णय गरेर राईलाई उम्मेदवार बनाउने तय गरेकाे हाे ।
यसअघिकाे प्रतिनिधि सभा सदस्यकाे निर्वाचनमा समेत राई क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएकाे थियाे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार डा.धवल शमशेर राणाबाट पराजित हुनुभएको थियाे ।
तत्कालिन मधेशी जनअधिकार फाेरमबाट राजनीति सुरू गर्नुभएको राई यातायात मन्त्री बन्नुभएकाे थियाे । यससँगै एमालेले बाँकेकाे तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगाे लगाएकाे छ । क्षेत्र नम्बर १ मा सुर्य ढकाल, २ मा राई र ३ मा दलबहादुर सुनारलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।





