
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुर बाँकेको सहयोगमा र दर्पण समाज विकास नेपाल नरैनापुर वडा नम्बर ५ को आयोजनामा संचालन भएको वडा कप प्रतियोगितामा मनाकामना युवा क्लब बिजयी बनेको छ ।
प्रतियोगितामा नरैनापुर वडा नम्बर ६ को श्री सन्तानेश्वर रोयल्स क्लब कोहला, मनकामना युवा क्लब कोहला, ने.रा.मा.वि. जमुनी, रामपुर युवा क्लब, रामपुरगरी ४ वटा टीमहरु प्रतिस्पर्धामा सहभागि भएका थिए । प्रतिस्पर्धामा मंगलबार भएको खेलमा रामपुर युवा क्लबलाई मनकामना युवा क्लबले ४–० का विरूद्व ४ गोल गर्दै पराजित गरी फाइनलको यात्रा तय गरेको थियो ।
यस्तै रामपुर युवा क्लब र सन्तानेश्वर रोयल्सबीच भएको सेमीफाइनल खेलमा रामपुरलाई पराजित गरी सन्तानेश्वरले फाइनल यात्रा तय गरेको थियो । यसैगरी सन्तानेश्वर रोयल्स र मनकामना युवा क्लबबीच भएको फाइनल प्रतिस्पर्धामा मनकामनाका योगेन्द्र बाठाले १, सागर खत्रीले २, अरुण परियारले १ र मदन घर्तीले १ गोलेको योगदानमा जम्मा ५–१ गोलले सन्तानेश्वलाई पराजित गरी मनकामनाले वडा कप हात पारेको हो ।
प्रतियोगितामा ने.रा. मा.वि. जमुनीका सुमन चलाउने उत्कृष्ट गोल किपर, मनकामनाका शिशिर गुरुङ बेस्ट प्लेयर ओफ द म्याच र सागर खत्री उत्कृष्ट गोलकर्ता हुन् सफल हुनुभयो । नरैनापुर वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम चन्द्र मौर्यको प्रमुख अतिथित्यता तथा दर्पण समाज विकास नेपाल बाँकेका अध्यक्ष सियाराम धोबीको अध्यक्षतामा प्रतियोगिताको समापन गरिएको छ ।
समापनमा प्रमुख अतिथि तथा अतिथिले बिजेताहरुलाई प्रमाणपत्रसहित मेडल प्रदान गर्नुभएको थियो । त्यस्तै प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने इ.प्र.का. भगवानपुर, स्वास्थ्यकर्मी, प्राविधिक रेफ्री र खेलाडीलगायतलाई फिल्ड मार्शल चेत बहादुर राना र कार्यक्रम संयोजक अरुण दर्पणले संयुक्त रुपमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा वडाका वडा सदस्य मायावती धोबी, वडा सचिव भरतराज गोराथोकी, कार्यालय सहायक सुजीत तिवारी, जय किसान मा.वि. भोजपुरका प्रधानाध्यापक तिरथराम मौर्य, ने.रा.मा.वि.जमुनीका प्रधानाध्यापक अम्बरलाल यादव, प्रहरी चौकी गंगापुरका इन्चार्ज विष्णु बहादुर थापा, सामाजसेवी जेष्ठ नागरिक मान बहादुर खड्कालगायतको उपस्थिति रहेको थियो ।






