चिकित्सक संघ भेरीद्वारा महेन्द्र पुस्तकालयलाई सामाग्री प्रदान

नेपालगन्ज । पुस्तकालयलाई डिजिटलाईज बनाउन सहयोग हुने उद्देश्यले आवश्यक सामाग्री प्रदान गरिएको छ ।

नेपालगन्जमा रहेको नेपाल चिकित्सक संघ भेरीले पश्चिमको सबैभन्दा पुरानो महेन्द्र पुस्तकालय आवश्यक प्रविधिका सामानहरू प्रदान गरेको छ ।

सरस्वती पुजाको अवसर पारेर संघ भेरीले शुक्रबार पुरस्तकालयका कार्यवाहक अध्यक्ष पंकज कुमार श्रेष्ठ, सदस्य श्यामबिहारी गुप्तालेलाई सहयोग सामाग्री प्रदान गरेको छ ।

संघका अध्यक्ष डा.रुपानन्द अधिकारी, उपाध्यक्ष डा.संकेत कुमार रिसाल, सचिव डा. प्रचण्ड गौतम, सहसचिव डा.बिजय उपाध्याय, सदस्य राहुल कुर्मी, डा. लक्ष्मण सिग्देललगायतले सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

पश्चिम नेपालकै ऐतिहासिक धरोहरलाई डिजिटल बनाउने उद्देश्य स्वरुप सरस्वती पुजाको एक थान कम्प्यूटर सेट, टेबल सामग्री प्रदान गरिएको संघका सदस्य डा.कुर्मीले जानकारी दिनुभयो ।

पश्चिम नेपालको एकमात्र पुरानो पुस्तकालय महेन्द्र पुस्तकालयले यस क्षेत्रको शिक्षा, भाषा, कला, संस्कृति र ईतिहासलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

२००३ साल भादौ ३ गते राणा शासनका विरुद्ध योजना बनाउने उद्देश्यले जागेश्वर मिश्रद्वारा स्थापित प्रेम पुस्तकालय २०२४ सालमा महेन्द्र पुस्तकालयको नामाकरण गरिएको थियो ।

Previous articleबाँके अझै हात्तीपाइले रोगको जोखिममा, १६औं पटक औषधी खुवाइँदै
Next articleजनताको चाहनाले प्रतिस्पर्धामा उतरेको : कमरुद्दिन राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here