जेनजीकाे माग समेटिएको चलचित्र ‘बिगुल’ फागुन १ देखि प्रदर्शनमा आउने

नेपालगञ्ज । नेपाली चलचित्र ‘बिगुल’ यही फागुन १ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

चलचित्र निर्माण टिमले शनिबार नेपालगञ्जमा प्रमोशनल कार्यक्रम गर्दै पत्रकार लगायत स्थानीयसंग भेटघाट गरेको छ । नेपालगञ्ज जेसिजले स्थानीय समन्वय गरेको कार्यक्रम जेसिजका अध्यक्ष मोहित बाबु शर्माको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा चलचित्रबारे जानकारी गराउँदै चलचित्रका निर्माता तथा कथाकार दिनेश कोइरालाले देशमा जेनजी युवाले बोकेको मुद्दामा फिल्म निर्माण भएको बताउनुभयाे ।

नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्षसमेत रहनुभएका कोइरालाले देशका लागि राम्रो नेतृत्व किन चुन्ने भन्ने कुरा र देशमा परिवर्तनका लागि युवाले चाहेको परिवर्तन चलचित्रको परिवेश रहेको बताउनुभयाे ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले राजनीतिक परिवर्तन र चेतनाको दियो बाल्न चलचित्र बिगुलले सन्देश प्रवाह गर्ने विश्वास ब्यक्त गर्नुभयाे । उहाँले चलचित्रको ब्यवसायिक सफलताका लागि शूभकामनासमेत दिनुभयाे ।

कार्यक्रममा नेपालगञ्ज जेसिजका पूर्व अध्यक्ष रोशन श्रेष्ठ, कार्यक्रमका संयोजक सत्यनारायण थारू, चलचित्रका नायक नरेन्द्र खड्का लगायतले बाल्नुभएकाे थियाे ।

चलचित्रका निर्देशक रमेश कोइराला, नेपाल प्रेस युनियन लुम्बिनी सदस्य गौरब गिरी, युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, अकोराबका सदस्य मो. आरिफ अन्सारी, चलचित्र पत्रकार संघ बाँके अध्यक्ष रामचन्द्र पौडेल, क्रियाशील महिला पत्रकार समूह बाँके अध्यक्ष सावित्री गिरी, नेपालगञ्ज जेसिजका पदाधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रममा जेसी माधव बेल्वासेले स्वागत मन्तव्य ब्यक्त गर्नुुभएकाे थियाे ।

Previous articleजनताको चाहनाले प्रतिस्पर्धामा उतरेको : कमरुद्दिन राई
Next articleकुर्सी छाडेर अधिकारको लडाइँमा होमिएँ : कमरुद्धिन राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here