
नेपालगन्ज । नेपालगन्ज विमानस्थलमा बालेन समर्थक सवार गाडीबाट खसेर घाइते एक युवक अस्पताल भर्ना भएका छन् ।
सोमबार दिउँसो नेपालगन्ज आउनुभएका बालेनको स्वागत गर्न विमानस्थल पुगेको समर्थकहरु चडेको गाडीबाट घसेर पाँच जना घाइते भएका थिए ।
त्यसमध्ये एक जना अस्पताल भर्ना भएका हुन् । अन्यलाई सामान्य चोटपटक लागेको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार घाइतेमध्ये राँझाका वीरसिंह ऐर अस्पताल भर्ना हुनुभएको छ ।
उहाँलाई टाउकोमा चोट लागेको छ । ऐरको नेपालगन्ज कारकाँदोस्थित केयर सिटी हस्पिटलमा उपचार भइरहेको छ ।





