तेस्रो वडाअध्यक्ष कप: क्वाटरफाइनल समिकरण पुरा

बर्दिया । बार्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर १ सानो डाँफेमा जारी तेस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा क्वाटर फाइनलका खेलहरु सम्पन्न भएका छन ।

१० टिमले सहभागिता जनाएको उक्त खेलले क्वाटरफाइनलका समिकरण पुरा गरेको हो । एफ.सी.डाँफे स्पोट्र्स क्लबको आयोजना तथा वडा नम्बर १ को सहकार्यमा भइरहेको फुटबल खेल प्रतियोगिताको सेमि फाइनलमा वडा नम्बर १ को ए र बि दुवै टिम पुगेको छ ।

यस्तै वडा नम्बर २ र वडा नम्बर ३ सेमिफाइलन प्रवेश गरेको क्लबका अध्यक्ष विकल सिंहले जानकारी दिनुभयो । आज सेमिफाइनल खेलहरु सम्पन्न गरिने अध्यक्ष सिंहले जानकारी दिनुभयो । सोमबार सम्पन्न वडा नम्बर १ (ए) र वडा नम्बर ५ विच भएको खेलमा २–० को अन्तरले १ नम्बर वडा विजयी भएको थियो ।

१ नम्बर वडाका आशिष सिंहले खेल अवधिभर २ गोल गर्दै टिमलाई विजयी गराउनुभयो । यस्तै, अर्को खेलमा वडा नम्बर २ र वडा नम्बर ४ विच प्रतिस्पर्धा भएको थियो । जसमा वडा नम्बर २ का खेलाडी विकास घर्तिमगरले गरेको १ गोल नै निर्णायक बन्यो । मंगलबार हुने सेमिफाइनल खेल वडा नम्बर १ (ए) र वडा नम्बर ३ विच हुने आयोजकले जनाएको छ ।

दोस्रो सेमिफाइनल खेल बुधबार वडा नम्बर १(बि) र वडा नम्बर २ विच हुनेछ । तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा विजेता हुने टिमले पुरस्कार स्वरुप नगद ३० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले १५ हजार रुपैयासहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष सिंहले जनाउनुभयो ।

प्रतियोगिताको १६ गते शुक्रबार सहिद दिवसको दिन फाइनल खेल खेलाइने जनाइएको छ । खेल माघको ९ गतेदेखि शुरु भएको थियो ।

Previous articleगाडीबाट खसेर घाइते बालेन समर्थक अस्पताल भर्ना
Next articleनेपालगन्जमा दशौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी मेला सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here