
नेपालगन्ज । छोटो समयमा चर्चा कमाएका नेता मध्ये कमरुद्दिन राई पनि एउटा हुनुहुन्छ । बोलीमा मिठास अनि जनताको काममा निरन्तर खटिएकै कारण उनी सबैको मन, मस्तिष्कमा बस्न सफल भएका हुनुुहुन्छ ।
बिक्रम सम्बत २०३४ सालमा नेपालगन्जमा जन्मिनुभएका कमरुद्दिन सरल स्वभावका मात्र नभई असत्यका बिरुद्ध खरो रुपमा उत्रिनुहुन्छ । विरूवाको चिल्लो पात भने झैं उहाँ सानाे उमेरदेखि समाजसेवामा लाग्नुभयाे । उहाँ १९ बर्षको उमेरदेखि नै राजनीति सुरु गर्नुुभयाे । तर पद र शक्तिको लालच कहिल्यै गर्नुभएन ।
लामो समय राजनीति गरे पनि उहाँ पदभन्दा सेवालाई प्राथमिकतामा राखेर काम गर्नुभयाे ’मलाई पदभन्दा बाहिर बसेर जनताको सेवा गर्न औधि रुची लाग्छ,’ उहाँले भन्नुुभयाे । पदमा नहुँदा जनताको सेवामा केहि समस्या हुने बुझेका उहाँ अहिले जनता समाजवादी पार्टी नेपालको केन्द्रिय सचिवको जिम्मेवारीमा हुनुहुन्छ ।
उहाँ अहिले गरिब, निमुखा जनताको अधिकार स्थापित गर्ने सपना बोकेर संघीय सांसदको चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । ’नीति बनाउने ठाउँमा पुग्ने बित्तिकै मधेसी, मुस्लिम, अल्पसंख्यक, सिमान्तकृति समुदायको अधिकार स्थापित गराउन लाग्छु,’ उहाँले भन्नुुभयाे । उहाँ जिल्ला अध्यक्ष भएको बेला २०६४ र २०७० सालको संविधानसभाको चुनावमा जसपा नेपालका उम्मेदवार बिजयी हुनुभएको थियाे ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि पार्टीका उम्मेदवारहरुले सम्मानजनक जित हासिल गरेका थिए । उहाँ नेपालगन्जमा मात्रै नभैइ समग्र बाँके जिल्लामा एउटा परिचित नाम अनि युवाहरुको रोजाईमा पर्न सफल हुनुभएको हाे । ’मैले अरुको लागि धेरै गरे। अझ धेरै गर्न बाँकी छ । यो ज्यान रहँदासम्म गरिरहन्छु,’ उहाँले भन्नुभयाे ।
उहाँ नामका लागि नभई कामका लागि पनि उत्तिकै खारिएका नेता हुनुहुन्छ । ’म नेता नभई जनताको सेवक भन्न रुचाउँछु,’ उहाँले भन्नुभयो ।दुई दशक बढि राजनीतिक यात्राको संघर्षपछि उहाँ नेपालगन्जको उपमेयरमा बिजयी हुनुभयाे । उहाँ उपमेयरमा बिजयी भएपछि पनि पदको घमण्ड कहिलै गर्नुभएन ।
गरिब होस या अमिर सबैलाई समान व्यवहार गरेका उहाँ निकट र बिकटको व्यवहार देखाउनुभएन । ’उपमेयर हुँदा कमरुद्धिन राईले कहिलै काखा पाखा गरेको देखेनौ,’ नेपालगन्ज २० का शिवकुमार वर्माले भन्नुभयाे । उहाँको शालीन व्यवहारले अन्य पार्टीमा आस्था राख्ने र फरक बिचार भएकाहरुले पनि साथ दिनुभयाे ।
नेपालगन्जको विकास र सेवामा प्रत्यक्ष जोडिनुभएका राईले मुस्लिम समुदाय मात्र नभइ समग्र बाँके क्षेत्र नम्बर २ को बिकासमा होमिने योजना बनाउनुभएकाे छ । उहाँको प्राथमिकतामा जहिले पनि महिला, बालबालिका युवा अनि उनीहरुले पाउने शिक्षाको विषय नै रह्यो ।
यसका साथै राज्यद्वारा पछाडि पारिएका समुदायको अधिकारको विषय नै उहाँको राजनीतिक जीवनको एउटा अभिन्न अंग बनेको छ । ’जनताको काममा दिन रात खटिने छु । चुनावी नारा अनि प्रतिबद्धतालाई पूरा गर्न कुनै कसुर बाँकी राख्ने छैनन्,’ उहाँले भन्नुभयाे ।





