खजुरामा हजार बढीलाई एच.पी.भी.खोप प्रदान गरिने

खजुरा । बाँकेको खजुरा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नियमित एच.पी.भी. खोप सञ्चालनको लागि पालिका स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सञ्चालन गरिएको छ ।

महिलाहरुलाई लगाइने उक्त खोप यस पटक पनि प्रदान गरिने स्वास्थ्य शाखाले जनाएको छ । यस वर्ष नियमित एच.पी.भी. खोप सञ्चालन १०५८ जनामा प्रदान गरिने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी ओली केसीले जानकारी दिनुभयो ।

गत वर्ष कक्षा १० सम्मका बालिकालाई खोप दिइएको भएपनि यसपटक कक्षा ६ मा अध्यनरत छात्रालाई खोप प्रदान गर्ने उद्देश्य रहेको शाखाले जनाएको छ । गतवर्ष अभियानका रुपमा संचालन गर्दा ५१ सय बढीलाई खोप प्रदान गरिएको थियो ।

पाठेघरको मुखको क्यान्सर हुन नदिन नियमित एच.पी.भी. खोप लगाउन जरुरी रहेको डब्लुएचओका डाक्टर प्रसूति शर्माले बताउनुभयो । डाक्टर शर्माका अनुसार नेपालमा हरेक वर्ष १ हजार ३ सय ९३ जना महिलाहरुको पाठेघरको क्यान्सर बाट मृत्यु हुने गरेको जनाउनुभयो ।

जसमा प्रत्येक दिन ४ जना महिला पाठेघरको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको डाक्टर शर्माले बताउनुभयो । गत वर्ष लक्ष्य भन्दा धेरैनै खोप लगाएकोमा यस वर्ष पनि लक्ष्य अनुरुप नियमित एच.भी.पी.खोप अभियान सञ्चालन गरिने खजुरा गाउँपालिका प्रमुख डम्बर बहादुर विकले बताउनुभयो ।

खजुरा गाउँपालिका उपप्रमुख मञ्जु मल्लले महिलामा हुने पाठेघर मुखको क्यान्सरको समस्या अधिक रहेकाले यसको निराकरणका उपाय भनेको खोप रहेकाले यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सुझाव दिनुभयो ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले लक्ष्य अनुरुप प्रदान गरिने खोप लगाउन सबैमा सहजीकरण गरिदिन अनुरोध गर्नुभयो । कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पूर्ण बहादुर भण्डारी, वडा नम्बर ६ का वडाध्यक्ष फारुख शेख, कार्यपालिका सदस्य, विभिन्न स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Previous articleसुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि
Next articleअभिभावक र बालबालिकाबीच विभिन्न रोचक खेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here