अभिभावक र बालबालिकाबीच विभिन्न रोचक खेल

नेपालगन्ज । क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले अभिभावक र बालबालिकाहरुकाबीच बिभिन्न किसिमका रोचक खेल कार्यक्रमको गरेको छ । नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १२ बेलासपुरस्थित मन्टेश्वरीले अभिभावक र बालबालिकाबीच खेल आयोजना गरेको हो ।

७६ औं प्रजातन्त्र दिवसको खेलहरुमा अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई बोकेर बेलुन फुटाउने खेल, अभिभावकले रिङ सार्ने र बालबालिकाहरुले रिङमा दौड्ने खेल, तीन खुट्टे दौड्ने खेल, अभिभावकको कुर्सी दौड खेल, आफ्ना बालबालिका पहिचान गर्ने खेल, मार्च पास, अभिभावक र क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरी परिवारबीच फुटबल खेल पनि गरिएको थियो ।

सो अवसरमा कार्यक्रमका बीच-बीचमा मनोरञ्जनका लागि बिभिन्न किसिमका नृत्यहरु र साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक रेणु शेरचनले खेल कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो भने क्रियटिभ चिल्ड्रेन होमका प्रिन्सिपल तथा संस्थापक खिमा थापाले अभिभावकहरुलाई स्वागत गर्दै कार्यक्रमको बारेमा आफ्नो प्रस्तुती राख्नु भएको थियो ।

थापाका अनुसार यसको उद्देश्य अभिभावक र बालबालिकाहरुकाबीच विभिन्न किसिमका खेल खेलाउनु, अभिभावकहरुले आफ्ना ब्यस्तताका कारणले समय दिन नसक्ने भएकाले यी खेलहरुबाट पनि लाभ लिन सकिने, बालबालिकाहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्नुका साथै बालबालिकाको सर्वाङ्गीण विकास गराउन पनि सहयोसिद्ध हुनेछ ।

मन्टेश्वरी एशोसिएसन बाँकेका सचिव समेत रहनु भएका थापाले मन्टेश्वरी स्कुल, अभिभावक र बालवालिकाबीचको सम्बन्ध सकारात्मक र प्रभावकारी बनाउने, प्रारम्भिक बाल विकास पाठ्यक्रममा आधारित विषयवस्तु अन्तर्गतको सिकाई, सामाग्री व्यवस्थापन र सिकाई विधि प्रस्तुत गरी पुस्तक बिना पनि सिक्न सकिने अभ्यास पनि सम्भव छ भन्ने कुरा बताउनु भयो ।

सिकाईको अर्को पाटो स्थानीय कच्चा पदार्थ र खेर गएका काम नलाग्ने सामाग्री प्रयोग गरेर हस्त निर्मित सुन्दर तथा आकर्षक शैक्षिक सामाग्री तयार गर्न सकिन्छ भन्ने उदाहरण प्रदर्शनीमार्फत् अभिभावक र बालवालिकाहरुलाई पनि सचेत गराउने उद्देश्यले प्रदर्शनीको पनि बेलाबेलामा आयोजना गर्दै आएको संस्थापक थापाले बताउनु भयो ।

गत महिना मात्र बाल मनोविज्ञान विकासक्रमको परिचय, महत्व, अभिभावकको किसिम, अभिभावकहरुबाट आफ्ना बालबालिकाको जीवनमा आएको सकारात्मक परिवर्तनको बारेमा अनुभव आदान प्रदान गर्ने, विद्यालयको व्यवस्थापकिय तथा शैक्षिक गतिविधिबारे समीक्षा गर्ने, विद्यालयको आगामी शैक्षिक सत्रमा गरिने कार्यक्रमहरु बारे एक दिवसीय कार्यशालाको आयोजना गरिएको थियो ।

Previous articleखजुरामा हजार बढीलाई एच.पी.भी.खोप प्रदान गरिने
Next articleसमुदायगत विविधता नै यस क्षेत्रको ठूलो शक्ति : इस्तियाक राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here