रास्वपाका खरेल १४ हजार मतान्तरले निर्वाचित

दोलखा । दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल निर्वाचित हुनुभएको छ । खरेल ३२ हजार ३७६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङले १७ हजार ४४९ मत प्राप्त गर्नुभएको छ । खरेलले १४ हजार ९२७ मतान्तरले जित हासिल गर्नुभएको थियो ।

त्यस्तै, नेकपाका उम्मेदवार विशाल खड्काले १३ हजार ६५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २ सय ९८ मत पाउनुभएको छ ।

Previous articleश्रीमतीको हत्या गरेर श्रीमान फरार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here