
नेपालगन्ज । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएकालाई प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका फरार प्रतिबादी दयाराम कुर्मीलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
२०८१ साउन २४ गतेको फैसलाले दोषी ठहर गरेका बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ नयाबस्ती बस्ने ५७ वर्षीय कुर्मीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी दिपक पातलीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार ५७ वर्षीय कुर्मीलाई बाँके जिल्ला अदालतले ६ वर्ष ५ महिना १० कैद सजाय तोकेको थियो । कुर्मी हालसम्म फरार रहेका थिए ।





