
नेपालगन्ज । प्रहरीले जेनजी प्रदर्शनका क्रममा कारागारबाट फरार भएका एक जनालाई पक्राउ गरेको छ ।
गत भाद्र २४ गते भएको जेनजी प्रदर्शनको मौका छोपेर कारागारबाट फरार भएका बाँकेमा बन्दी रहेका ज्ञानेन्द्र टमटालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवंम् प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार भाद्रमा भएको प्रदर्शनको मौकामा बाँकेको नौवस्ता कारागारबाट फरार भएका कोहलपुर नगरपालिका वडा नम्बर १२ का टमटालाई आइतबार फक्राउ गरिएको छ ।
कोहलपुरको चप्परगौडी बस्ने २१ वर्षीय टमटा लागू औषध मुद्दामा बन्दी रहेका थिए । उनलाई ६ वर्ष ६ महिना कैद र रु २० हजार जरिवाना तोकिएको बाँके प्रहरीका सूचना अधिकारी पातलीले जानकारी दिनुभयो । प्रहरीका अनुसार टमटालाई आइतबार नै कारागार बुझाइएको छ ।





