‘पावर फाेर एवाई’ परियोजनाको समीक्षा तथा बहिर्गमन कार्यक्रम सम्पन्न

नेपालगन्ज । सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक विकास मञ्च (एसडिएफ) द्वारा सञ्चालित पावर फाेर ए वाई परियोजनाको समीक्षा तथा बहिर्गमन कार्यक्रम नेपालगञ्ज महानगरपालिकाका विभिन्न वडा र विद्यालयहरूमा सफलतापूर्वक सम्पन्न भएको छ ।

परियोजनाले आफ्नो कार्यविधि अनुसार कार्यक्षेत्र रहेका वडा नम्बर २, ८, १२, २१ र २२ मा जनप्रतिनिधि एवं स्थानीय सरोकारवालाहरूको उपस्थितिमा समीक्षा बैठकहरू आयोजना गरेको थियो । ती बैठकहरूमा परियोजनाले समुदायमा पुर्‍याएको सकारात्मक प्रभावका बारेमा जानकारी गराउँदै आगामी दिनमा कार्यक्रमका असल अभ्यासहरूलाई स्थानीय तहबाटै निरन्तरता दिने र दिगोपनन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरियाे ।

वडाका जनप्रतिनिधिहरूले परियोजनाको कार्यकालमा भएका उपलब्धिहरूको प्रशंसा गर्दै यसलाई स्थानीय विकासको अभिन्न अङ्ग बनाउने विश्वास दिलाउनुभयो । ​यसैगरी, परियोजना सञ्चालित महाराज माध्यमिक विद्यालय, धम्बोझी माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय र मंगलप्रसाद नमुना माध्यमिक विद्यालयमा पनि शिक्षक तथा प्रधानाध्यापकहरूको सहभागितामा समीक्षा कार्यक्रमहरू सम्पन्न भएका छन् ।

ती छलफलहरूमा परियोजना अन्तर्गत सञ्चालित क्याचप कक्षा, छात्रवृत्ति सहयोग र जीवन उपयोगी सीप कक्षाको उपयोगिता एवं प्रभावकारिताका बारेमा विस्तृत चर्चा गरिएकाे थियाे । शिक्षकहरूले यी कार्यक्रमहरूले विद्यार्थीहरूको सिकाइस्तर उकास्न र उनीहरूमा व्यवहारिक कुशलता भर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै यसको प्रभावकारिताको उच्च मूल्याङ्कन गर्नुभयो । विद्यालय प्रशासनले परियोजनाका गतिविधिहरूले शैक्षिक गुणस्तर सुधारमा पुर्‍याएको योगदानप्रति सन्तोष व्यक्त गरेको छ ।

​परियोजना समापनको अवसरमा आयोजित यी विभिन्न बैठकहरूमा वडाका जनप्रतिनिधिहरू र विद्यालयका प्रधानाध्यापकहरूले सेभ द चिल्ड्रेन र सामाजिक विकास मञ्चको सम्पूर्ण टोलीप्रति आभार प्रकट गरे । परियोजनाले लक्षित वर्गको हितमा देखाएको लगनशीलता र जिम्मेवारीपूर्ण कार्यशैलीको प्रशंसा गर्दै सहभागीहरूले सेभ द चिल्ड्रेन र समाजिक बिकाशमंचको टिमलाई विशेष धन्यवाद समेत ज्ञापन गरेका छन् ।

Previous articleटेसनपुरमा ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रम सुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here