शैक्षिक गुणस्तर सुधारका लागि नेपालगन्जमा संचारकर्मीसँग अन्तरक्रिया

नेपालगन्ज । शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रले नेपालगन्जमा संचारकर्मीसँग अन्तरक्रिया गरेकाे छ ।

सामुदायिक विद्यालयकाे सुधारका लागि विद्यार्थीकाे उपलब्धिकाे परीक्षण र विद्यालय कार्यसम्पादन परीक्षणका सान्दर्भिक सिफारिसहरूकाे विषयमा बिहीबार नेपालगन्जमा संचारकर्मीसंग अन्तरक्रिया गरेकाे हाे ।

कार्यक्रममा बाेल्दै शैक्षिक गुणस्तर परीक्षण केन्दका महानिर्देशक जयराम अधिकारीले शैक्षिक सुधारका लागि गरिएको प्रयासहरूका बारेमा जानकारी दिनुभएको थियाे । उहाँले केन्द्रले विगतमा गरेकाे सुधारका प्रयासबाट देखिएकाे उपलब्धिसमेत प्रस्तुत गरेकाे गरथियाे ।

साथै उहाँले विद्यार्थीकाे गुणस्तर सुधारका लागि विद्यालयमा भईरहेकाे राम्रा अभ्यासबारे प्रचार प्रसार गरिने तयारी गरिएको पनि बताउनुभयाे । उहाँले सातै वटा प्रदेशकाे सय वटा विद्यालयमा परीक्षण कार्यक्रमकाे याेजना रहेकाे जानकारी दिनुभयाे ।

कार्यक्रममा धनसुदन चाैलागाईकाेसमेत उपस्थिति रहेकाे अन्तरक्रियामा नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरीले कार्यालयले गर्ने सुधारका प्रयास तथा उपलब्धि सार्वजनिक गर्नुपर्ने बताउनुभयाे ।

उहाँले यसरी सार्वजनिक गरिने कार्यले प्रचार प्रसार हुने तथा सबै विद्यालयहरूसम्म सहज रूपमा सूचनाहरू पुग्नुका साथै राम्रा कुराहरू सिक्ने अवसर प्राप्त हुने बताउनुभयाे । कार्यक्रममा केन्द्री निर्देशक प्रमिला बखती उपलब्धिका बारेमा जानकारी दिनुभएको थियाे ।

Previous articleडुडुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
Next articleपत्रकार महासंघ बाँकेद्वारा ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here