नरैनापुरमा आइतबार सार्वजनिक बिदा

नरैनापुर । नरैनापुर गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । शनिबार गाउँपालिकाको बसेको बैठकले पूर्वमन्त्री दिनेशचन्द्र यादवको निधनको शोकमा आइतबार सार्वजनिक विदा दिएको हो ।

नरैनापुर गाउँपालिकाभित्रका आकस्मिक स्वास्थ्य सेवा बाहेक स्थानीय तहका सरकारी तथा गैरसरकारी संघसंस्था र विद्यालयहरुमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरिएको सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिनुभयो ।

गाउँपालिकाले यादवको निधनमा गहिरो दुःख ब्यक्त गरेको छ । स्वर्गीय यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार, आफन्तजन र शुभचिन्तकहरुप्रति गहिरो समबेदना प्रकट गरिएको छ ।

नरैनापुर गाउँपालिका वडा नम्बर निवासी यादव लोकप्रिय नेता हुनुुहुन्थ्यो । २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट निर्वाचित यादव खानेपानी तथा सरसफाई राज्यमन्त्री बन्नुभएको थियो । हाल भूमी सम्बन्धि समस्या समाधान आयोगका सदस्य रहनुभएका यादवको विहीबार विहान ग्राण्डी अस्पताल काठमाण्डौमा उपचारका क्रममा निधन भएको थियो ।

पुष १२ गते कोरोना संक्रमित हुनुभएका यादवलाई थप उपचारका लागि १३ गते हेलिकप्टरबाट काठमाण्डौ लगिएको थियो । उहाँ मधुमेहका विरामी पनि हुनुहुन्थ्यो ।

Previous articleजानकीका महिलालाई निःशुल्क सेनेटरी प्याड बितरण
Next articleमाघ १६ र १७ गते मतदाता नामावलीकाे त्रुटी सच्याउन सकिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here