माघ १६ र १७ गते मतदाता नामावलीकाे त्रुटी सच्याउन सकिने

अमन अन्सारी
नेपालगञ्ज ।
फाेटाे सहितकाे मतदाता नामावलीमा रहेकाे त्रुटि सच्चयाउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीकाे कार्यालयमा यहि माघ १६ र १७ गतेसम्म निवेदन दिई त्रुटि सच्चयाउने समय ताेकिएकाे कुरा जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी गराउनु भएकाे छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङकाे अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयकाे सभा हलमा आज आयाेजित मतदाता नामावली अध्यावधिक (दावि विराेध समेत) काे अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले उक्त कुराकाे जानकारी गराउनु भएकाे छ ।

निर्वाचन आयाेगले तयार गरेकाे फाेटाे सहितकाे मतदाता नामावलीमा मतदाताले आफ्नाे नाम विवरण हेर्न, अध्यावधिक गर्न, दाेहाेराेपन एवम् त्रुटि हटाउन, हालसम्म संकलित नामावलीलाई बैधानिकता प्रदान गर्न तथा २०७८ बैशाख १७ र २७ गते हुन गैरहेकाे प्रतिनिधि सभा सदस्यकाे निर्वाचनकाे लागि अध्यावधिक मतदाता नामावली तयार गर्न तथा मतदाताकाे सहज पहुँच हाेस् भनी उद्देश्य राखी उक्त अन्तरक्रिया कार्यक्रम गरिएकाे छ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, नेपाली सेना, नेपाल प्रहरी, शस्त्र प्रहरी, जिल्ला समन्वय समितिका सभापति अजय श्रीवास्तव, जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि तथा सराेकारवालाहरुकाे उपस्थिति रहेकाे थियाे ।

Previous articleनरैनापुरमा आइतबार सार्वजनिक बिदा
Next articleअनलाइन व्यक्तिगत घटना दर्ता तिब्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here