
बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जी गाउँस्थित श्री प्रभात नमूूना माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका ३१० जना विद्यार्थीलाई स्वागत गरेको छ ।
कक्षा ११ र १२ मा विज्ञान बिषय अध्यापन हुुने बैजनाथको एकमात्र विद्यालयमा यो बर्ष विज्ञान व्यवस्थापन र शिक्षा बिषयमा ३१० जना विद्यार्थी भर्ना भएका छन् ।
कक्षा १२ का विद्यार्थीहरुले आयोजना गरेको स्वागत कार्यक्रमको अध्यक्षता तथा सञ्चालन कक्षा १२ विद्यार्थी स्वयंले गरेका थिए भने वडा नम्बर ५ का वडा अध्यक्ष देब बहादुुर रावत प्रमुुख अतिथि, वि.व्य.स सदस्य दामोदर नेपाली र कौशिल्या कठायतले स्वागत मन्तव्य दिनुुभएको थियो ।
कार्यक्रममा विद्यालयकी सहायक प्र.अ. विद्यादेवी शर्माले कक्षा ११ र १२ अध्ययन गर्न प्रभातलाई रोजेर विद्यार्थीले सहि गन्तव्य पहिचान गरेको र यहाँको दक्ष शिक्षकको टिमले विद्यार्थीको अपेक्षा पुुरा गर्न कुुनै कसर नछोड्ने बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक बाबुुराम अधिकारीले प्रभात नमूूना मा.वि.लाई देशमै पहिचान बनाउन अनुुशासित विद्यार्थी र मेहनती शिक्षक विद्यालयको बलिया आधार भएको बताउनुभयो ।
पढाई र सिकाई भनेको मितव्ययि बन्नुु पनि हो, त्यस कारण विद्यालयले कुुनै होटेल र रिसोर्टमा कार्यक्रम नगरि आफ्नै विद्यालयको हलमा कार्यक्रम आयोजना गरेको उहाँले स्पष्ट पार्नुभयो ।
४०० बढी विद्यार्थी उपस्थित कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न विद्यार्थीहरुले नाचगानका गरेका थिए ।






