
नेपालगन्जमा शुक्रवार सम्पन्न प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगितामा पुरुषतर्फ महेन्द्र पार्क क्लब र महिलातर्फ त्रिभुवन चोक क्लब प्रथम भएका छन् ।
पुरुषतर्फ महेन्द्र पार्क क्लबले बाँके गाउँ क्लबलाई शुन्यको बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै प्रथम हुन सफल भयो भने महिलातर्फ त्रिभुवन चोकले बाँके गाउँ क्लबलाई १ को बिरुद्ध ३ गोलले पराजित गर्दै प्रथम हुन सफल भयो ।
प्रतियोगिता अवधिभर राम्रो प्रदर्शन गरेका मोहम्मद अनस अन्सारी पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित हुनुभयाे भने, महिलातर्फ तनीसा अंसारी उत्कृष्ट खेलाडी घोषित हुनुभयाे ।
त्यस्तै प्रतियोगिता अवधिभर ८ गोल गर्न सफल अनन्या बर्नवाल महिलातर्फ सर्बाधिक गोलकर्ता घोषित हुनुभयाे भने पुरुषतर्फ ४ गोल गर्न सफल भएका रेहान अन्सारी सर्बाधिक गोलकर्ता घोषित हुनुभयाे ।
बिजयी खेलाडीहरुलाई समाजका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठ, प्रमुख अतिथी, अतिथी लगायत अन्य अतिथिहरुले पुरुस्कार, प्रमाण-पत्र, पदक र ट्रफी बितरण गर्नुभएकाे थियाे ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता-२०८३ बिहिवारदेखि नेपालगञ्जमा सुरु भएको थियो । प्रतियोगितामा ४ महिला तथा ४ पुरुष टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।






