स्थानीयस्तरको रोजगारीमा प्रेरित गर्न डुडुवामा अभिमुखिकरण

डुडुवा । बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सरकारको नीति तथा कार्यक्रम जोडनका लागि मंगलबार डुडुवामा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई स्थानीय तहका विभिन्न कार्यक्रमहरुमा कसरी जोड्ने तथा उनीहरुको सीपको प्रयोगमा ल्याउन प्रेरित गर्न डुडवामा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

डुडुवा गाउँपालिका रोजगार शाखा तथा सामी परियोजनाको संयुक्त साझेदारीमा गरिएको कार्यक्रममा बैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको सहभागिता रहेको थियो । उनीहरुलाई बैदेशिक रोजगारीमा जाँदा आवश्यक जानकारी लिनुपर्ने स्थान, जाने प्रक्रिया, अपनाउनुपर्ने सावधानी लगायतका बारेमा जानकारी प्रदान गरिएको रोजगार शाखा प्रमुख अल्का मिश्रले बताउनुभयो ।

सरक्षित अप्रवासन कार्यक्रम (सामी परियोजना) नेपालगन्जका प्रमुख कमल नेपालीले बैदेशिक रोजगारका लागि वर्तमान परिवेश, नेपालमा रहेको सामी परियोजनाले यस्ता रोजगारीमा जाने तथा पीडितहरुका लागि गर्दै आएको कामका बारेमा सहभागिहरुलाई जानकारी प्रदान गर्नुभएको थियो ।

उहाँका अनुसार बैदेशिक रोजगारीमा गएकाहरु धेरैजसो व्यक्तिहरु ठगिएका छन् । जाने एउटा कामका लागि तथा विदेशमा पाउने अर्को, रोजगारीमा पठाउँदा लिइने शुल्क जस्ता कुराहरुमा कामदाहरु ठगिएको प्रमुख नेपालीले बताउनुभयो ।

अभिमुखिकरणले फर्किएकाहरुलाई पालिकासंग जोड्ने तथा पीडितहरुलाई सरकारले संचालन गरेको गुनासो अर्थात न्यायका लागि सहभागि हुने प्रक्रियामा सहभागि हुन प्रेरित गर्ने नेपालीले बताउनुभयो । कार्यक्रममा करिब ३२ जनाको सहभागिता रहेको थियो ।

यस्तै मंगलबार नै डुडुवाका विषयगत शाखा प्रमुखहरुलाई समेत बैदेशिक रोजगारी सम्बन्धमा अभिमुखिकरण प्रदान गरिएको छ ।

Previous articleमन्त्री यादवद्वारा नेपालगन्ज रंगशालाकाे निरीक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here