
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघकाे कार्यसमिति सदसय पदमा युवा उम्मेद्वार आदित्य गुप्ताकाे नाम चर्चामा रहेकाे छ ।
यही भदौ ६ गते हुन लागेकाे संघकाे सदस्य पदमा उम्मेदवारी दिनुभएका युवा उम्मेदवार गुप्ताकाे नाम उहाँकाे नेतृत्वदायी क्षमताका कारण चर्चामा रहेकाे हाे ।
नेपालगन्जमा चर्चित रहनुभएकाे गुप्ताले नेतृत्व गरेकाे संस्थाकाे कार्यकाल सफलतापूर्वक सम्पन्न भएकाे छ । साथै उहाँले संचालन गर्नुभएको व्यवासयले पनि नेपालगन्जमा छुट्टै पहिचान बनाउन सफल बनेकाे छ ।
नेपालगञ्ज जेसीज वर्ष २०२४ का अध्यक्ष पदमा रहँदा कार्यकुशलता, नेतृत्व क्षमता तथा सामाजिक योगदानमार्फत समाजमा छुट्टै छाप स्थापित गर्न सफल गुप्ता बफियाे सदस्यका रूपमा देखिएको छ ।
“लोकतन्त्रमा निर्वाचन हुनु सामान्य प्रक्रिया मात्र नभएर, योग्य, सक्षम, अनुभवी र दूरदर्शी नेतृत्व छनोट गर्ने महत्वपूर्ण अवसर हो,” गुप्ता भन्नुहुन्छ, “लोकतान्त्रिक विधिबाट आफ्नो नेतृत्व चयन गर्नु नै लोकतन्त्रको वास्तविक सुन्दरता हो ।”
गुप्ताले वाणिज्य संघमा विधिको शासन, संस्थागत प्रक्रिया तथा कार्यसम्पादनमा थप प्रभावकारिता ल्याउन आफ्नाे प्राथमिकता रहने बताउनुभयाे ।
“अबको आवश्यकता केवल नेतृत्व होइन,” उहाँले भन्नुभयाे, “व्यवसायीको कुरा सुन्ने, समस्या समाधान गर्न सक्ने र उद्योग-व्यवसायको हितमा परिणाममुखी काम गर्न सक्ने नेतृत्व हाे ।”






