नेपालगञ्जमा सम्पन्न वक्तृत्वकलामा सगुन तिवारी प्रथम

​नेपालगञ्ज । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपालगञ्जमा “भिन्न परिवेश, साझा आकांक्षा” भन्ने मूल नाराका साथ “युवाहरूको वर्तमान अवस्था र भविष्यका सम्भावना” विषयक नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।

​नगर स्तरीय युवा क्लब सञ्जालको आयोजना तथा सामाजिक विकास मञ्च (एसडीएफ) बाँके र सङ्कल्प नेपाललगायत विभिन्न संघ-संस्थाको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

​नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यता तथा नगर स्तरीय युवा क्लब सञ्जालका अध्यक्ष आनन्दकुमार वर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

​कार्यक्रमको सुरुमा नगर स्तरीय युवा क्लब सञ्जालका मिथलेश पासीले कार्यक्रमको उद्देश्य र स्वागत मन्तव्य राखेका थिए भने सामाजिक विकास मञ्च (एसडीएफ) बाँकेका बृजेश ठाकुरले शुभकामना मन्तव्य राख्दै युवाहरूको सशक्तीकरणमा जोड दिनुभएकाे थियाे ।

​कार्यक्रममा सङ्कल्प नेपालका पप्पु यादव, सञ्जालका पदाधिकारीहरू सुश्मिता सिंह, रन्जित बर्मा, सालिया हास्मी, जेबा शेख, नन्दनी सोनि, प्रियन्सि रावललगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, बुद्धिजिवीहरू र युवाहरूको बाक्लो उपस्थिति रहेको थियो । प्रतियोगीहरूले नेपालगञ्जका युवाहरूले भोगिरहेका वर्तमान चुनौती र भविष्यका सम्भावनाहरूप्रति आफ्ना ओजस्वी विचारहरू प्रस्तुत गरेका थिए ।

​प्रमुख अतिथि नगर प्रमुख विष्टले युवाहरू राष्ट्रको बलियो स्तम्भ भएको बताउँदै स्थानीय सरकार सधैं युवाहरूको क्षमता विकास र नेतृत्वमा साथ दिन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियाे ।

​प्रतियोगितामा सगुन तिवारी प्रथम, बिनिशा शाही द्वितीय, मेहताब अलि तृतीय, टंक प्रसाद उपाध्याय सान्त्वना स्थान प्राप्त गर्नुभएको थियाे ।

Previous articleसञ्चारकर्मी जायसवालले गरे १०९औं पटक रक्तदान
Next articleनेपालगन्ज उद्योग वाणिाज्य संघकाे सदस्य पदमा चर्चामा गुप्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here