नेपालगन्जमा युवालाई वृत्ति मार्गनिर्देशन सम्बन्धि अभिमुखिकरण प्रदान

नेपालगन्ज । नेपालगन्जमा युवालाई वृत्ति मार्गनिर्देशन सम्बन्धि अभिमुखिकरण मार्फत जानकारी दिइएको छ । सेभ द चिल्ड्रेन साझेदारी तथा सामाजिक विकास मञ्च (एस डि एफ), बाँकेद्वारा सञ्चालित “अपलिफ्ट” परियोजना अन्तर्गत मंगलबार नेपालगन्जमा एक दिने अभिमुखिकरण कार्यक्रममार्फत युवाहरुलाई जानकारी प्रदान गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका परियोजना संचालित विभिन्न वडाका युवाहरुको सहभागिता रहेको कार्यक्रमका बारेमा मंचका परियोजना संयोजक राम श्रेष्ठले जानकारी गराउनुभएको थियो । उहाँले कार्यक्रमबारे जानकारी गराउँदै युवाहरुलाई स्वरोजगार बन्न किन जरुरी रहेको बिषयमा जोड दिनुभयो ।

युवा सक्षम हुँदा घर परिवार तथा समाजलाई कसरी सहयोग पुर्याउन सकिने कुराका बारेमा जानकारी गराउँदै उहाँले यो परियोजनाले युवाहरुको क्षमता विकासमा बिशेष भूमिका निर्वाह गर्नुका साथै युवालाई आर्थिक रुपमा सक्षम बनाउन पहल गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा शुशिला पौडेल र शान्ति चौधरीले विषयबस्तुका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा मञ्चका वरिष्ठ सल्लाहकार घनश्याम उपाध्यायको विशेष उपस्थिति रहेको थियो भने “अपलिफ्ट” परियोजनाका कार्यक्रम अधिकृत बृजेश नाउ (ठाकुर), फिल्ड अधिकृत सुबनी क्षेत्री, अनुगमन तथा मूल्याँकन अधिकृत शान्त बहादुर चौधरी तथा दोभाषेको रुपमा रिना थापा खड्काको उपस्थिति रहेको थियो । कार्यक्रममा करिब ३५ जना युवाको सहभागिता रहेको थियो ।

Previous articleगुलरियास्थित शान्ति आविलाई नवनिर्मित शौचालय भवन हस्तान्तरण
Next articleनेपाली काँग्रेस परित्याग गरी १६ जना नेकपा एमालेमा प्रवेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here