
डुडुवा । नेपाली काँग्रेसमा आवद्व १६ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले डुडुवा गाउँपालिका कमिटीका अध्यक्ष महेश कुमार चौधरीको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका नेता मुन्ना सिंह ठाकुर र नारायण सिंह ठाकुरसहित १६ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले बाँके जिल्ला कमिटीका अध्यक्ष निरक गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले बाँके जिल्ला कमिटीका सचिवालय सदस्य तथा डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहन राम मिश्रको विशेष पहलमा उक्त पार्टी प्रवेश कार्यक्रम गरिएको हाे ।
कार्यक्रममा नेकपा एमाले बाँके जिल्ला कमिटीका उपसचिव किशोर थापा, जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण कुमार लम्साल, नेकपा एमालेका सल्लाहकार सदस्य अशोक थापा, राम थापालगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेताहरूले पार्टी संगठनलाई थप सुदृढ र गतिशील बनाउन सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।





