नेपाली कांग्रेसको सभापतिमा थापा निर्वाचित

काठमाण्डौं । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय सभा गृहमा भएको मतगणनाको परिणाम अनुसार सभापतिमा थापा निर्वाचित हुनुभएको हो । १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो ।

सभापतिमा निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिनुभएका श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गर्नुभयो ।

जसमा कुल ५४ मत बदर भएको थियो । ७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको थिए ।

Previous articleनेपाली काँग्रेस परित्याग गरी १६ जना नेकपा एमालेमा प्रवेश
Next articleबाँकेमा डेङ्गुको सङ्क्रमण बढ्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here