
बाँके । नेपालगन्जस्थित सन्चालनमा रहेको आइशा मदरसातुल बनात बालिका माध्यमिक विद्यालयमा बुधबार शिक्षा, युवा तथा खेलकुद महाशाखाले अनुगमन गरेको छ ।
अनुगमनले मदरसाको शैक्षिक तथा प्रशासनिक अवस्था मूल्याङ्कन गर्न र आवश्यक सुधारका क्षेत्र पहिचान गर्न सहयोग पुग्ने अपेक्षा छ । यस्ता अनुगमनबाट आउने पृष्ठपोषणले शैक्षिक संस्थाको व्यवस्थापनलाई व्यवस्थित बनाउँदै गुणस्तरीय शिक्षाको विकासमा सहयाेग पुर्याउने विद्यालयकाे बिश्वास छ ।
अनुगमनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुधार तथा शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन आवश्यक पृष्ठपोषण प्रदान गर्नुका साथै सुधारका लागि निर्देशन दिएको छ ।
अनुगमनका क्रममा मदरसामा सञ्चालन भइरहेका शैक्षिक तथा प्रशासनिक गतिविधिबारे जानकारी लिइएको थियो । अनुगमनमा शिक्षा, युवा तथा खेलकुद महाशाखा नेपालगन्जका वरिष्ठ शिक्षा अधिकृत शीला गौतम र शिक्षा, युवा तथा खेलकुद महाशाखा नेपालगन्जका वरिष्ठ शिक्षा अधिकृत डिल्ली आचार्य लगायत रहेको मदरसाका प्रधानाध्यापक कस्फुद्दुजा खानले जानकारी दिनुभयाे ।






