
मानव अधिकार तथा शान्ति समाज बाँकेकाे सभापतिमा रमेशचन्द्र कुमाल निर्वाचित हुनुभएको छ ।
समाज बाँकेकाे नेपालगन्जमा सम्पन्न २३ औं साधारणसभाबाट कुमाल सभापतिमा निर्वाचित हुनुभएको हाे । समाजकाे उपसभापतिमा प्रकाश नेपाली, सचिवमा सन्ध्या पाठक, सहसचिवमा प्रमाेद साेनी र काेषाध्यक्षमा ध्रुब कुमार वैश्य निर्वाचित हुनुभएकाे निर्वाचन अधिकृत पवन कुमार गुप्ताले जानकारी दिनुभयाे ।
उहाँका अनुसार अन्य सदस्यसंगै चार जनालाई सदस्यमा मनाेनित गरिएको छ भने तीन जनालाई सल्लाहकारमा मनाेनित गरिएको छ । निर्वाचित सदस्यहरूमा गाेमा आचर्य, अस्मिता गुरुङ, मिरा वाल्मीकि, अल्पना वैश्य, बसन्ती कंडेल, सादा दरपाल सिंह रहनुभएकाे छ ।

यस्तै सन्जय कुमार वैश्य, अमन गुप्ता, राकेेशचन्द्र कुमाल र कृष्ण गाेपाल गुप्ता सदस्यमा मनाेनित हुनुभएको छ । बाँके शाखा सल्लाहकारमा घनश्याम कुमार वैश्य, कृष्णा देवी पाण्डे र बिष्णुलाल कुमाल चयन हुनुभएको छ । केन्द्रीय कार्यसमितिका महासचिव तथा पर्यवेक्षक प्रकाश शाहीकाे विशेष उपस्थितिमा निर्वाचन गतिविधि संचालन भएकाे थियाे ।
निर्वाचन अघि शाखाका सभापति घनश्याम कुमार वैश्यकाे अध्यक्षतामा भएकाे उद्घाटन शत्र लुम्बिनी प्रदेशका सांसद मीना श्रेष्ठ, केन्द्रीय महासचिव शाही, शाखाका संरक्षक तथा स्रष्टा सम्मानकर्ता बिष्णुलाल कुम्हाल, समाजका सुर्खेत शाखा अध्यक्ष एस आर पाण्डे, समाजका केन्द्रीय सदस्य ज्याेति वाल्मीकि, रास्वपा बाँकेका स्वास्थ्य विभाग प्रमुख डा.प्रतीक श्रेष्ठलगायतकाे उपस्थिति रहेकाे थियाे ।
उद्घाटन शत्रमा वक्ताहरूले हालै रसुवामा आएकाे वितण्डाले पुर्याएकाे क्षतिप्रति दुःख व्यक्त गर्दै जलवायु परिवर्तनले आउने जाेखिम तथा भावी दिनमा त्यस्ताे विपद् नियन्त्रणमा जाेड दिएका थिए । यसका साथै उनीहरूले समाजले समाजमा गर्दै आएकाे कार्यकाे प्रशंसा गरे । कार्यक्रमलाई सचिव प्रकाश नेपालले संचालन गर्नुभएको थियाे ।





