
नेपालगन्ज । बाँकेकाे जानकी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवलाई पितृ शाेेक परेकाे छ ।
गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका वडा अध्यक्ष टिकानाथका करिब ८० वर्षीय बुबा सिताराम यादवकाे बुधबार दिउँसो निधन भएकाे हाे । उहाँ विगत डेढ वर्षदेखि प्यारालाईसिसबाट ग्रसित हुनुहुन्थ्यो ।
उहाँका छ वटा छाेराहरूमध्ये प्रवक्ता यादव साईंलाे छाेरा हुनुहुन्छ । अन्य छाेराहरूमा साबित राम यादव, ज्ञानी राम यादव, लवकुश यादव, विजय प्रकाश यादव र डा. लक्ष्मण यादव हुनुहुन्छ । पारिवारिक स्राेतका अनुसार स्व. यादवकाे बिहीबार बिहान गुरूवा गाउँ नजिकै अन्त्येष्टि गरिनेछ ।






