आन्तरिक राजस्व कार्यालय नेपालगन्जद्वारा रक्तदान

नेपालगन्ज । राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को अवसरमा आन्तरिक राजस्व कार्यालय नेपालगन्जले कर दिवस तथा कर सप्ताहको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

“कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता” मूल नारामा साथ बुधबार आयोजना गरिएको कार्यक्रममा कर्मचारी, सञ्चारकर्मी, सेवाग्राही लगायत १ महिलासहित ३१ जनाले रक्तदान गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख एवं प्रमुख कर अधिकृत प्रेम प्रसाद उपाध्यायले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र खजुराका प्रमुख होमराज गिरी र सुनिता कुमाईलाई हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, रक्त सञ्चार केन्द्र खजुराका प्रमुख होमराज गिरी, सुनिता कुमाई, बीरेन्द्र योगी, बैकुण्ठ र लोकेश थारुले रक्तदान कार्यक्रमको प्राविधिकीय सहयोग गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा अडानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अब्दुल करीम खान, केन्द्रीय सचिव मोहम्मद जुबेर राई, जिल्ला अध्यक्ष भुवन प्रसाद गैरे र शतक रक्तदाता पवन जायसवाल, आन्तरिक राजस्व कार्यालय नेपालगन्जका कर्मचारी लगायतको सहभागिता रहेको थियो । मंसिर १ देखि ७ गतेसम्म बिभिन्न कार्यक्रम गरी कर दिवस तथा कर सप्ताह मनाइने जनाइएको छ ।

Previous articleवडा अध्यक्ष यादवलाई पितृ शाेक
Next articleराप्ती सोनारीका दश जनाले पाए जग्गा धनी पुर्जा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here