अगैयामा प्रदेशस्तरीय तेक्वान्दाे प्रतियाेगिता सुरु

नेपालगन्ज । बाँकेकाे राप्तीसाेनारी गाउँपालिकाकाे अगैयामा `प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दाे प्रतियाेगिता´ सुरु भएकाे छ ।

राप्तीसाेनारी गाउँपालिकाकाे समन्वयमा भृकुटी तेक्वान्दाे डाेजाङ, नेपालगन्जले प्रतियाेगिता आयाेजना गरेकाे हाे ।

दुई दिने प्रतियाेगिताकाे गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पाैडेलले उद्घाटन गर्नुभयाे । साे अवसरमा अध्यक्ष पाैडेलले खेलाडी र खेलकाे सम्मान गर्न सकेमा देशकाे, भाषाकाे, कलाकाे, संस्कृतिकाे विकास हुने बताउनुभयाे । उहाँले भन्नुभयाे, ´खेलाडी गाैरव हुन् । खेलाडी पहिचानका मालिक हुन् भन्ने कुरा मैले बुझेकाे छु ।`

अध्यक्ष पाैडेलले अन्य खेलजस्तै तेक्वान्दाेकाे विकासका लागि आफूले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता गर्नुभयाे ।

नेपाल तेक्वान्दाे संघका केन्द्रीय सदस्य श्रीमान थापाले तेक्वान्दाेले अन्तर्राष्ट्रिय ठूला पदक जितेर देशकाे गाैरव बढाएकाे बताउनुभयाे । उहाँले तेक्वान्दाे खेलाडीले पाराओलम्पिकमा कास्य, एसियनमा स्वर्ण र साफमा एकै जनाले चार स्वर्ण जितेर ईतिहास बनाएकाे स्मरण गर्नुभयाे । थापाले तेक्वान्दाे मनाेरन्जन र आत्म सुरक्षामात्रै नभएर देश चिनाउने विधा भएकाे बताउनुभयाे ।

बाँके तेक्वान्दाे संघका अध्यक्ष प्रकाश लामिछानेले भलिबल, एथलेटिक्सजसरी पालिकाले तेक्वान्दोलाई प्राथमिकता दिन आग्रह गर्नुभयाे ।

तेक्वान्दाेका प्रशिक्षक एवं प्रतियाेगिताका संयाेजक चन्द्रप्रकाश श्रेष्ठले गाउँमा छरिएर रहेका खेलाडीकाे विकासका लागि र राप्तीसाेनारीकाे पर्यटकीय क्षेत्रकाे चिनारीका लागि प्रतियाेगिता आयाेजना गरिएकाे बताउनुभयाे ।

भृकुटी तेक्वान्दो डाेजाङका संयाेजक उमादेवी थापाकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा वडाध्यक्ष, तेक्वान्दो संघका विभिन्न व्यक्तित्वकाे उपस्थिति रहेकाे थियाे ।

आइतबारसम्म चल्ने प्रतियाेगितामा लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, राेल्पा, प्यूठान, रुपन्देही र कपिलबस्तुका खेलाडी सहभागी रहेका छन् ।

तेक्वान्दो खेलकाे विकास र विस्तार गर्न, प्रदेशस्तरीय खेलाडी उत्पादन गर्न, युवामा अनुशासन र आत्मविश्वास बढाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियाेगिताका लागि खेलाडी तयार गर्न, खेलकुदमार्फत सामाजिक एकता र भाइचारा बढाउन भृकुटी तेक्वान्दो डाेजाङले यस्ता प्रतियाेगिता आयाेजना गर्दै आएकाे छ ।

Previous articleप्रदेशस्तरीय तेक्वान्दाे प्रतियाेगिताकाे तयारी पूरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here