जीवन उपयोगी तथा बित्तिय सीप सम्बन्धी वडास्तरमा प्रशिक्षक तयार

नेपालगञ्ज । जीवन उपयोगी तथा बित्तिय सीप सम्बन्धी वडा स्तरमा प्रशिक्षक तयार गरिएको छ । युवाहरुलाई निर्णय गर्ने क्षमतामा सहयोग पुर्याउनका लागि नेपालगञ्जको वडास्तरमा प्रशिक्षक तयार गरिएको हो । सेफ द चिल्डे«नको सहयोगमार्फत नेपालगञ्जमा संचालित युवा शसक्तिकरण बुलगारी परियोजनामार्फत नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा सामाजिक बिकास मञ्च बाँकेले युवा वर्गले निर्णय सहि लिने क्षमताको बिकासमा सहयोग पुर्याउने उद्देश्यले २१ जनालाई प्रशिक्षकका रुपमा तयार गरिएको छ ।

युवाहरुका निम्ति जीवन उपयोगी तथा बित्तिय सीप सम्बन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिममार्फत नेपालगञ्जका बिभिन्न वडाहरुमा स्थानीय युवालाई प्रशिक्षक बनाइएको छ । बिहीबार तालिमको समापनमा बोल्दै मञ्चका संस्थापक अध्यक्ष एवं बरिष्ठ सल्लाहकार घनश्याम उपाध्यायले यस तालिमले प्रशिक्षक मात्र नभएर जीवनलाई अगाडी बढाउने समेत सीप सिकाएको आशा व्यक्त गर्नुभयो ।

उहाँले जीवन उपयोगी सीपले जीवनलाई कुन तरिकाले संघर्ष गर्नका लागि अघि बढ्नुपर्छ र बित्तिय व्यवस्थापनको आवश्यकतालाई यसले सहज बनाउने धारणा राख्नुभयो । साथै सहभागिलाई वडास्तरमा उद्यमतर्फ सक्रिय हुने युवालाई सहज व्यवस्थापनका लागि तपाईहरुको सहयोग हुनुपर्ने बताउनुभयो । नेपालगञ्जको बिभिन्न वडाबाट शिक्षक, सहकारी संस्थाका प्रतिनिधि र युवा क्लबका प्रतिनिधिहरुको सहयोगिता रहेको प्रशिक्षक प्रशिक्षण तालिमलाई मञ्चका शिक्षा अधिकृत बृजेश ठाकुर र जिविाकेपार्जन अधिकृत सहजराम यादवले सहजीकरण गर्नुृभएको थियो ।

सहभागिहरुमा आफुलाई परेको समस्या बुझ्ने, समाधानका लागि प्रयास गर्ने, आफैंलाई राम्रोसंग चिनेर सकारात्मक व्यवहारहरु गर्ने, कुनै पनि काम गर्दा फाईदा बेफाईदा बारे केलाई सहि निर्णय गर्ने, आफुमा आउने तनाव र संवेगलाई नियन्त्रण गर्ने, आफ्ना कुराहरु निर्धक्कका साथ राख्ने, बाआमा, साथीभाई, इष्टमित्र, समुदायमा असल सम्बन्ध बनाउने, बचत तथा बित्तिय शिक्षा सम्बन्धी सकारात्मक व्यवहार गर्न सक्ने क्षमताको बिकास हुने प्रशिक्षक ठाकुरले बताउनुभयो ।

Previous articleदश हजार राशीको स्लो मोटरसाईकल प्रतियोगिता हुँदै
Next article१०१ जना बालबालिकालाई हाईजेनिक किट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here